श्रम सम्बन्धि कानूनमा भएको व्यवस्था कार्यान्वय गर्ने गराउने उद्देश्य तथा आन्तरिक श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सिर्जना, श्रमको क्षेत्रमा सुरक्षा र स्वास्थ्यको प्रर्वद्धन,बालश्रम निवारण लगायत श्रमको वृहत्तर दायरा समेटेर कार्य गर्ने नेपाल सरकारश्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको यस श्रम तथा रोजगार कार्यालयले मन्त्रालय र विभागको निर्दिष्ट लक्ष्य बमोजिमका लक्ष्य प्राप्तिका लागि कर्णाली प्रदेश सुर्खेत जिल्लामा रहेर श्रम तथा रोजगारका क्षेत्रमा कार्य गर्दै आएको छ।
स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच राखेर स्थापित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकोमातहत रही कर्णाली प्रदेशकारुकुम (पश्चिमभाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेतजिल्लाकाश्रम सम्बन्धी सम्पूर्णकार्य गर्नका लागि श्रम तथा रोजगार कार्यालयको मिति २०७5।०८।१२ गते विधिवत रूपमा स्थापना भएको हो ।