नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय

वीरेन्द्रनगर, सुर्खेत

परिचय

परिचय



आन्तरिक श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सिर्जनाश्रमको क्षेत्रमा सुरक्षा र स्वास्थ्यको प्रर्वद्धनबालश्रम निवारण तथा वैदेशिक रोजगारीलाई सुरक्षितमर्यादित र व्यवस्थित बनाउने लगायत श्रमको वृहत्तर दायरा समेटेर कार्य गर्ने नेपाल सरकारश्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयश्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयले पनि मन्त्रालय र विभागको निर्दिष्ट लक्ष्य बमोजिमका लक्ष्य प्राप्तिका लागि कर्णाली प्रदेशमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा कार्य गर्दै आएको छ ।

 

नेपालको परिवर्तित राजनीतिक संरचना बमोजिम कर्णाली प्रदेशमा श्रम तथा रोजगारको क्षेत्रमा सम्पूर्ण कार्य गर्ने गरी स्थापना भएको श्रम तथा रोजगार कार्यालयसुर्खेतको नेपाल सरकार, श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री गोकर्णराज विष्टज्यूद्वारा  मिति २०७५ साल मंसिर १२ गते विधिवत रूपमा उद्घाटन भएको हो ।


हाम्रो परिचय


पहाडी १०  जिल्ला रहेको कर्णाली  प्रदेश  भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको  २७,९८४ वर्ग कि.मि. भूभाग अवस्थित छ भने जनसंख्या १५,७०,४१८ रहेको छ । भौतिक पूर्वाधारको अभाव, श्रमिक चेतनाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता कारणले ‌औद्योगीकरण फस्टाउन नसकेको यस प्रदेशमा श्रमिकहरूमा जागरुकता, चेतना र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको बारेमा जनचेतना फैलाई असल श्रम सम्बन्ध कायम गरी लगानीमैत्री वातावरणको सिर्जना गर्दै औद्योगीकरणमा वृद्धि गर्न बढ्दो बेरोजगारी समस्या कम गर्न टड्कारो आवश्यकता रहेको छ ।


यसै सन्दर्भमा स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहितसुरक्षितमर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच राखेर स्थापित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको मातहत रही कर्णाली प्रदेशका रुकुम  (पश्चिम भाग), सल्यानडोल्पाजुम्लामुगुहुम्लाकालिकोटजाजरकोटदैलेखसुर्खेत जिल्लाका श्रम सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्रम तथा रोजगार कार्यालयको मिति २०७5।०८।१२ गते विधिवत रूपमा स्थापना भएको हो ।

यसका साथै वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कार्यालयमा वैदेशिक रोजगार डेस्क स्थापना गरी मिति २०७5।१०।०६ गते देखि वैदेशिक रोजगारमा जाने कामदारहरूलाई पुनः श्रम स्वीकृति दिने कामको सुरुवात भएको हो

उद्देश्य

आन्तरिक एवम् वैदेशिक श्रम तथा रोजगारलाई व्यवस्थितसुरक्षित तथा मर्यादित बनाउने सम्बन्धमा यस कार्यालयका उद्देश्यहरू देहायबमोजिम रहेका ।   


   श्रम ऐन ,श्रम नियमावलीतथा श्रम सम्बन्धी कानून लागू गराउने ।

रोजगारदाता र श्रमिकको बीचमा सुमधुर श्रम सम्बन्ध स्थापित गराउने ।

आवश्यक परेको खण्डमा रोजगारदातालाई प्राविधिक सहयोग उपलब्ध गराउने ।

व्यवसायजन्य सुरक्षाश्रम विवादको समाधानआन्तरिक श्रम सम्बन्धको विकास मार्फत श्रमिकको हक हित सम्वद्र्धन एवं प्रवर्धन गर्ने ।

बाल श्रम निषेध र नियमन गर्ने ऐन२०५६ तथा श्रम ऐन२०७४ को अधीनमा रही बाल श्रम   निवारणको क्षेत्रमा कार्य गर्ने 


योजना

श्रम तथा रोजगार कार्यालयको  कार्यक्षेत्र मूलतः श्रम प्रशासन नै हो  । यसै कार्यक्षेत्रको विकास एवम् प्रभावकारी व्यवस्थापनबाट संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको श्रमको हकको कार्यान्वयन एवम् संविधानको धारा ५१ मा राज्यका नीतिको अनुसरण गरी श्रम उदारीकरणका पक्षमा कदम चाल्न यस कार्यालयका योजनाहरू देहाय बमोजिमका छन्


   देशभित्र असल श्रम सम्बन्धको विकास गर्ने।

     श्रमिकहरू हक हित प्रवर्द्धन गर्ने।

     आन्तरिक श्रम बजार सर्वेक्षण गरी श्रम कानूनको परिपालनामा सबैलाई जिम्मेवार एवम् जागरुक बनाउने ।

  प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरुको दर्ता तथा नवीकरण गरी श्रमिकहरूको ट्रेड युनियन अधिकारको रक्षा गर्दै सामूहिक सौदाबाजीलाई संस्थाकीकरण गर्न सघाउने ।

  व्यवसायजन्य सुरक्षा कायम गर्ने, आवश्यक परेका खण्डमा प्राविधिक सहयोग उपलब्ध गराउने।

कार्यालयको कार्यक्षेत्र अन्तरगतका श्रमिकहरुको अद्यावधिक तथ्याङ्क राख्ने।

श्रमशक्तिको विकास तथा सदुपयोग गरी उत्पादकत्व वृद्धि गर्ने।

कामदारहरुको सम्बन्धमा आउने श्रम विवादको शीघ्र र यथोचित समाधानका लागि सहयोग गर्ने ।


विभिन्न गोष्ठीसेमिनारमा भाग लिनेआयोजना गर्ने।

श्रम व्यवस्थापन सम्बन्धमा प्रवर्द्धनात्मक कार्य गर्ने ।

  श्रम सम्बन्धी कानूनको पालना गराउनेनभएकोमा कारवाही गर्ने ।

   वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी वैदेशिक रोजगारमा जाने कामदारहरुलाइ पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सञ्चालन एवम् व्यवस्थापन गर्ने ।