आन्तरिक श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सिर्जना, श्रमको क्षेत्रमा सुरक्षा र स्वास्थ्यको प्रर्वद्धन, बालश्रम निवारण तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने लगायत श्रमको वृहत्तर दायरा समेटेर कार्य गर्ने नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयले पनि मन्त्रालय र विभागको निर्दिष्ट लक्ष्य बमोजिमका लक्ष्य प्राप्तिका लागि कर्णाली प्रदेशमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालको परिवर्तित राजनीतिक संरचना बमोजिम कर्णाली प्रदेशमा श्रम तथा रोजगारको क्षेत्रमा सम्पूर्ण कार्य गर्ने गरी स्थापना...
आन्तरिक एवम् वैदेशिक श्रम तथा रोजगारलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउने सम्बन्धमा यस कार्यालयका उद्देश्यहरू देहायबमोजिम रहेका । श्रम ऐन ,श्रम नियमावली, तथा श्रम सम्बन्धी कानून लागू गराउने । रोजगारदाता र श्रमिकको बीचमा सुमधुर श्रम सम्बन्ध स्थापित गराउने ।आवश्यक परेको खण्डमा रोजगारदातालाई प्राविधिक सहयोग उपलब्ध गराउने । · व्यवसायजन्य सुरक्षा, श्रम विवादको समाधान, आन्तरिक श्रम सम्बन्धको विकास मार्फत श्रमिकको हक हित सम्वद्र्धन एवं प्रवर्धन गर्ने । · बाल श्रम निषेध र नियमन गर्ने ऐन, २०५६ तथा श्रम ऐन, २०७४ को अधीनमा रही बाल श्रम निवारणको...
श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र मूलतः श्रम प्रशासन नै हो । यसै कार्यक्षेत्रको विकास एवम् प्रभावकारी व्यवस्थापनबाट संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको श्रमको हकको कार्यान्वयन एवम् संविधानको धारा ५१ मा राज्यका नीतिको अनुसरण गरी श्रम उदारीकरणका पक्षमा कदम चाल्न यस कार्यालयका योजनाहरू देहाय बमोजिमका छन् · देशभित्र असल श्रम सम्बन्धको विकास गर्ने। · श्रमिकहरू हक हित प्रवर्द्धन गर्ने। · आन्तरिक श्रम बजार सर्वेक्षण गरी श्रम कानूनको परिपालनामा सबैलाई जिम्मेवार एवम् जागरुक बनाउने । · प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरुको दर्ता तथा... थप हेर्नुहोस्