Government of Nepal

Ministry of Labour, Employment and Social Security

Department of Labour and Occupational Safety

Labour and Employment Office

Birendranagar, Surkhet

श्रम तथा रोजगार कार्यालय नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको प्रदेशस्तरीय संघीय कार्यालय हो ।

श्रम तथा रोजगार कार्यालयको प्रमुख कार्य श्रम प्रशासन नै हो । जसअन्तरगत श्रम निरीक्षण, व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको सम्बन्धमा कार्य गर्ने, बालश्रम निवारणको सम्बन्धमा काम गर्ने,श्रम सम्बन्धी कानूनहरूको कार्यान्वयन गर्ने जस्ता कार्यहरू पर्दछन् । यसका अलावा वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी वैदेशिक रोजगारमा जाने कामदारहरूका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने काम पनि यस कार्यालयले गर्दै आएको छ ।

पुनः श्रम स्वीकृति जुनसुकै प्रदेशका नागरिकले जुनसुकै प्रदेशबाट लिन सकिन्छ । पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रु.१५०० र स्वीकृत वीमा कम्पनीमा गई सम्बन्धित व्यक्तिको वैदेशिक रोजगार (म्यादी) वीमा गराउनुपर्छ ।

उद्योग तथा प्रतिष्ठानका कर्तव्यः १. प्रत्येक आ.व. को सुरुमा कार्यालयबाट श्रमिकको हाजिरी किताब प्रमाणित गर्नुपर्ने । २. प्रत्येक आ.व. को अन्त्यमा सम्बन्धित आ.व.को अडिट रिपोर्ट कार्यालयमा बुझाउनुपर्ने । ३. उक्त अडिट रिपोर्ट अनुसार उद्योग प्रतिष्ठान नाफामा देखिएमा नाफाको १० प्रतिशत बोनस प्रयोजनका लागि छुट्टयाउने । ४. बोनस छुट्टयाइएको १० प्रतिशत बाट बोनस वितरण गरी बाँकी रहेको मध्ये ३० प्रतिशत राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गर्ने । ५. प्रत्येक आ.व.को अन्त्यमा आफ्नो प्रतिष्ठानमा रहेका वायुमण्डलीय चाप भन्दा अधिकतम चापमा संचालन हुने ब्वायलर तथा प्रेसर भेसल मेसिनहरू जाँच गरी सञ्चालन योग्य भएमा प्रमाणपत्र प्राप्त गर्नका लागि कार्यालयमा निवेदन दिने । प्रमाणपत्र नलिई त्यस्ता उपकरणहरू सञ्चालन नगर्ने । ६. प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था लागू गर्ने/गराउने र दुर्घटना भएमा कार्यालयमा तत्काल जानकारी गराउने । ७. प्रतिष्ठानमा श्रमिकको नयाँ नियुक्ति भएमा, कुनै श्रमिकलाई स्पष्टिकरण सोधिएमा वा मानव श्रोत व्यवस्थापन संग सम्बन्धित यस्तै वा अन्य कुराहरूको सम्बन्धमा अनिवार्य रूपमा कार्यालयमा बोधार्थ दिने । ८. बालश्रम निषेध तथा नियमन गर्ने ऐन, २०५६ विपरीत कुनै पनि बालबालिकालाई श्रममा नलगाउने । ९. नेपाल सरकारद्वारा मिति २०७५ श्रावण २९ गते राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था लागू गर्ने । १०. श्रम ऐन तथा नियमावलीले तोकेबमोजिमका अन्य कर्तव्य तथा अधिकारहरू । श्रमिकका कर्तव्यः १) श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ मा तोकिएबमोजिम नियुक्तिपत्र, सेवा सुविधा सम्बन्धमा सचेत भई सो देखि बाहेक कुरामा सम्झौता नगर्ने । २) आफूले काम गर्ने उद्योग वा प्रतिष्ठानमा काम सुरु गरेको वा काम छोडेको व्यहोरा प्रमाणित गर्ने कागजात कार्यालय सम्म पुगे÷नपुगेको एकिन गर्ने । नपुगेको भए आवश्यक पहल गर्ने ।

- केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ । - लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ। - घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ । - श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ । - वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ। - वीमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ । - वैदेशिक रोजगारमा जाँदा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फत जानु पर्छ । - व्यवसायिक वा Visit भिसामा जानु हुदैन । - जानी जानी गलत कागजात बनाई जानु हुँदैन । - घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ । - वैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । - कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । - कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ । - स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । - अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । - बेचिन वा ठगीमा पर्न सकिन्छ । - आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ। यसका लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ । - वैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ । - वैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ । - वैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ । - आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन । - सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।