श्रम तथा रोजगार कार्यालय ,सुर्खेत

आन्तरिक श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सिर्जना, श्रमको क्षेत्रमा सुरक्षा र स्वास्थ्यको प्रर्वद्धन, बालश्रम निवारण तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने लगायत श्रमको वृहत्तर दायरा समेटेर कार्य गर्ने नेपाल सरकारश्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयले पनि मन्त्रालय र विभागको निर्दिष्ट लक्ष्य बमोजिमका लक्ष्य प्राप्तिका लागि कर्णाली प्रदेशमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा कार्य गर्दै आएको छ ।

 

नेपालको परिवर्तित राजनीतिक संरचना बमोजिम कर्णाली प्रदेशमा श्रम तथा रोजगारको क्षेत्रमा सम्पूर्ण कार्य गर्ने गरी स्थापना भएको श्रम तथा रोजगार कार्यालय, सुर्खेतको नेपाल सरकार, श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री गोकर्णराज विष्टज्यूद्वारा  मिति २०७५ साल मंसिर १२ गते विधिवत रूपमा उद्घाटन भएको हो ।

हाम्रो परिचय

आन्तरिक एवम् वैदेशिक श्रम तथा रोजगारलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउने सम्बन्धमा यस कार्यालयका उद्देश्यहरू देहायबमोजिम रहेका ।

  •         श्रम ऐन ,श्रम नियमावली, तथा श्रम सम्बन्धी कानून लागू गराउने ।
  •         रोजगारदाता र श्रमिकको बीचमा सुमधुर श्रम सम्बन्ध स्थापित गराउने ।
  •        आवश्यक परेको खण्डमा रोजगारदातालाई प्राविधिक सहयोग उपलब्ध गराउने ।
  •        व्यवसायजन्य सुरक्षा, श्रम विवादको समाधान, आन्तरिक श्रम सम्बन्धको विकास  मार्फत श्रमिकको हक हित सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने ।
  •      बाल श्रम निषेध र नियमन गर्ने ऐन, २०५६ तथा श्रम ऐन, २०७४ को अधीनमा रही बाल श्रम निवारणको क्षेत्रमा कार्य गर्ने



सकेसम्म स्वदेशमा नै परिश्रम गरौं

विदेश गएर पैसा कमाउन त्यति सजिलो छैन ।।

 

असल श्रम सम्बन्धको आधार

सामाजिक सुरक्षा र रोजगार ।।

 

औद्योगिक दुर्घटना न्यूनीकरण गरौं

व्यवसायजन्य रोग लाग्नबाट बचौं ।।

 

 

सुमधुर श्रम सम्बन्ध कायम गरौं

उत्पादकत्व वृद्धि गरौं ।।

 

कार्यस्थलमा सुरक्षाका उपकरणहरू प्रयोग गरौं

प्राणघातक रोग लाग्नबाट बचौं, बचाऔं ।।

 

बाल श्रमको प्रयोग नगरौं,

नगराऔं ।।

 

योगदानमा आधारित सामाजिक सुरक्षा

हाम्रो साझा प्रतिबद्धता ।।

उद्देश्य

पहाडी १०  जिल्ला रहेको कर्णाली  प्रदेश  भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको  २७,९८४ वर्ग कि.मि. भूभाग अवस्थित छ भने जनसंख्या १५,७०,४१८ रहेको छ । भौतिक पूर्वाधारको अभाव, श्रमिक चेतनाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता कारणले ‌औद्योगीकरण फस्टाउन नसकेको यस प्रदेशमा श्रमिकहरूमा जागरुकता, चेतना र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको बारेमा जनचेतना फैलाई असल श्रम सम्बन्ध कायम गरी लगानीमैत्री वातावरणको सिर्जना गर्दै औद्योगीकरणमा वृद्धि गर्न बढ्दो बेरोजगारी समस्या कम गर्न टड्कारो आवश्यकता रहेको छ ।


यसै सन्दर्भमा स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच राखेर स्थापित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको मातहत रही कर्णाली प्रदेशका रुकुम  (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत जिल्लाका श्रम सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्रम तथा रोजगार कार्यालयको मिति २०७5।०८।१२ गते विधिवत रूपमा स्थापना भएको हो ।


यसका साथै वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कार्यालयमा वैदेशिक रोजगार डेस्क स्थापना गरी मिति २०७5।१०।०६ गते देखि वैदेशिक रोजगारमा जाने कामदारहरूलाई पुनः श्रम स्वीकृति दिने कामको सुरुवात भएको हो । 

योजना

श्रम तथा रोजगार कार्यालयको  कार्यक्षेत्र मूलतः श्रम प्रशासन नै हो  । ‍मुलतः देहायका विषयहरू कार्यालयको कार्यक्षेत्र अन्तरगत पर्दछन् :

·             देशभित्र श्रम सम्बन्धको विकास गर्ने।

·             श्रमिक हक हित प्रवर्द्धन गर्ने।

·             आन्तरिक श्रम बजार र्सर्भेक्षण गर्ने

·             प्रतिष्ठानस्तरकाट्रेड यूनियनहरुको दर्ता तथा नवीकरण गर्ने।

·             व्यवसायजन्य सुरक्षा कायम गर्ने।

·             कार्यालयको कार्यक्षेत्र अन्तरगतका श्रमिकहरुको अद्यावधिक तथ्याङ्क राख्ने।

·             श्रमशक्तिको विकास तथा सदुपयोग गरी उत्पादकत्व वृद्धि गर्ने।

·             कामदारहरुको सम्बन्धमा आउने श्रम विवादको समाधान गर्ने ।

·             विभिन्न गोष्ठी, सेमिनारमा भाग लिने/ आयोजना गर्ने।

·             श्रम सम्बन्धी विषयका तथ्याङ्क एवं सूचनाहरु उपलव्ध गराउने।

·             श्रम व्यवस्थापन सम्बन्धमा पर्रवर्द्धनात्मक कार्य गर्ने ।

·         श्रम सम्बन्धी कानूनको पालना गराउने ; नभएकोमा कारवाही गर्ने ।

·         वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी वैदेशिक रोजगारमा जाने कामदारहरुलाइ पुनः श्रम स्वीकृति प्रदान गर्ने । 

Copyright © 2020. All Rights Reserved.